कला


यसरी मनाउँदैछन् रणवीर र दीपिकाले पहिलो ‘म्यारिज एनिभर्सरी’

यसरी मनाउँदैछन् रणवीर र दीपिकाले पहिलो ‘म्यारिज एनिभर्सरी’

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार ६:१२,

बलिउडका स्टार अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोन गतवर्ष १४ नभेम्बरमा विवाह बन्धनमा बाँधिएका थिए। उनीहरुको विवाह इटालीमा भव्य रुपमा भएको थियो।

उहीहरुको विवाहको एक वर्ष पुग्न लागेको छ। दीपिका र रणवीरले आफ्नो पहिलो वैवाहिक वार्षिकोत्वस (म्यारिज एनिभर्सरी) कसरी सेलिब्रेसन गर्दैछन् भन्ने उनीहरुका प्रशंसक र शुभचिन्तकलाई चासो र प्रतीक्षाको विषय बनेको छ।

रिपोर्टर्सका अनुसार वैवाहिक वार्षिकोत्सवको अवसरमा दीपिका र रणवीर तिरुपति बालाजी जाने कार्यक्रम बनाएका छन्। उनीहरु बालाजीको मन्दिरमा दर्शनका लागि त्यहाँ जान लागेका हुन्। यस धार्मिक भ्रमणमा उनीहरुका पारिवारका सदस्यहरु पनि साथमा रह्ने बताइएको छ।

Image result for रणवीर र दीपिका

यो जोडी पद्मावती मन्दिर पनि जाने छ। यो मन्दिर तिरुपति बालाजी कै नजिकमा रहेको छ। यसपछि यो जोडी अमृतससर (गोल्डेन टेम्पल) जानेछ। मन्दिरमा दर्शनपछि १५ नभेम्बरमा मुम्बई फर्कने छ।

विवाहको एक वर्षमै यो जोडी बलिउडका चर्चित जोडी मध्ये एक बनेको छ। उनीहरुको अनस्क्रिन र अफस्क्रिन केमिस्ट्रीलाई एकदमै रुचाइएको छ।

‘रामलीला’बाट सुरु भएको यो विवाह हुँदै पहिलो वार्षिकोत्सवसम्म आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad