राजनीति


प्रचण्डले भेटे बंगलादेशका राष्ट्रपति

प्रचण्डले भेटे बंगलादेशका राष्ट्रपति

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार ६:३२,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग भेटवार्ता गरेका छन्।

 बुधबार बिहान अध्यक्ष प्रचण्ड राष्ट्रपति हमिद बसेको होटल म्यारियटमै पुगेर भेटवार्ता गरेका हुन्।

भेटको अवसरमा दुई देशको आपसी हितका विषयमा कुरा भएको प्रचण्डको सचिवालयले जनाएको छ।

Image may contain: 4 people, people standing and indoor

बुधबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति हमिदसँग भेटवार्ता गरेका थिए।

 यस्तै  राष्ट्रपति भण्डारी र हमिदबीच दिउँसो ४ः३० बजेदेखि ५ः०० बजेसम्म भेटवार्ता तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ। भेट आपसी हितका विषयमा केन्द्रीत हुने बताइएको छ।

हमिदको स्वागतमा राष्ट्रपति भण्डारीले आजै साँझ रात्रिभोजकोसमेत आयोजना गरेकी छन्।

Image may contain: 4 people, people smiling, people standing and suit

रात्रिभोजअघि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा लगायतसँग हमिदले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

त्यस्तै राष्ट्रपति हमिद र प्रधानमन्त्री केपी शर्मा ओलीबीच दिउँसो २ बजे  भेटवार्ता तय भएको छ।

Image may contain: 6 people, people standing and suit

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad