राजनीति


बोलिभिया संकटः विपक्षी नेत्री जेनिनले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरिन्

बोलिभिया संकटः विपक्षी नेत्री जेनिनले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरिन्

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार ६:०,

शनिबार सेना र प्रहरीको दबाबपछि एभो मोरालेसले राष्ट्रपतिबाट राजीनामा दिएपछि विपक्षी नेत्री जेनिनले मंगलबार आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेकी हुन्।

बीबीसीका अनुसार जेनिनले संविधान अनुसार आफैंलाई राष्ट्रपति घोषणा गरेको बताउँदै उनले बोलिभियामा चाँडै निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

मंगलबार सिनेटमा मोरालेसका पार्टीका विधायक उपस्थित थिएनन्। उनीहरुले जेनिनको कार्य असंवैधानिक भएको भन्दै विरोध गरेका छन्।

हाल मोरालेस मेक्सिकोको शरणमा छन्। मेक्सिकोले मंगलबार मोरालेसलाई राजनीतिक शरण दिएको बताउँदै बोलिभियामा सैन्य कु भएको बताएको थियो।

विपक्षी नेत्रीले आफैंलाई राष्ट्रपति घोषणा गरेपछि मेक्सिकोबाटै मोरालेसले जेनिन ‘कु लाई बढावा दिने नेत्री’ भएको टिप्पणी गरेका छन्।

 लगातारको प्रदर्शनपछि बोलिभियाका राष्ट्रपति एभो मोरालेसले शनिबार राजीनामा दिएका थिए। सन् २००६ देखि सत्तामा रहेका मोरालेसमाथि चुनावमा धाँधली गरेको आरोप विपक्षीले लगाएका छन्।

मोरालेस र उपराष्ट्रपति अल्भारो गार्सिया लिनेराले राष्ट्रलाई शनिबार सम्बोधन गर्दै रक्तपात रोक्नका लागि राजीनामा दिएको बताएका थिए। आफूहरुविरुद्ध कु गरिएको उनीहरुको आरोप छ।

मोरालेस बोलिभियाको पहिलो आदिवासी राष्ट्रपति बनेका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad