कला


मिस मेरिल्यान्ड युएसएमा ९३ अमेरिकी प्रतिस्पर्धीलाई पछि पारिन् नेपाली मूलकी युवतीले

मिस मेरिल्यान्ड युएसएमा ९३ अमेरिकी प्रतिस्पर्धीलाई पछि पारिन् नेपाली मूलकी युवतीले

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार ५:३३,

९३ अमेरिकी युवतीलाई उछिन्दै नेपाली मूलकी युवतीले अमेरिकी प्रतियोगिता मिस मेरिल्यान्ड युएसएको सेकेन्ड रनर अपको ताज जितेकी छन्।

पहिलो मिस नेपाल-अमेरिका सुजिता बस्नेतले उक्त ताज पहिरिन सफल भएकी हुन्।

यो जितसँगै सुजिता मिस युएससएको फ्रेन्चाइजमा पहिलोपटक उच्च तहको टाइटल जित्ने नेपाली मूलकी युवती बनेकी छन्। साथै उनले पिपुल च्वाइस अवार्डसमेत हात पारेकी छन्।

67110775 10156745028069069 3765534090535632896 o

मिस मेरिल्यान्ठ युएसए प्रतियोगिता सन् १९५२ देखि हरेक वर्ष आयोजना हुने गरेको छ। मिस युएसएका लागि प्रतिस्पर्धी छनोट गर्न मिस मेरिल्यान्ड युएसए आयोजना गर्ने गरिएको हो।

यही प्रतियोगिताकी विजेता नाना मेरिवेदर सन् २०१२ मा मिस युएसए भएकी थिइन्।

यसपटक सुताजा र अन्य ९५ अमेरिकन युवतीले प्रतिस्पर्धा गरेका थिए। सबैलाई पछि पारेर सुजिताले पिपुल च्वाइस अवार्ड समेत जितेकी हुन्।

सुजिताले सन् २०११ मा पहिलो मिस नेपाल युएससए जितेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad