तमिलनाडुका मुख्यमन्त्री तथा अभिनेता थलापति विजयको फिल्म ‘जन नायकन’ ले राम्रो कमाइ गरिरहेको छ। यस फिल्मले तीन दिनमा विश्वभर कुल १७१ करोड ८४ लाख भारतीय रुपैयाँ कमाएको छ।
पहिलो दिन फिल्मले विश्वभर कुल ७८.२७ करोड भारतीय रुपैयाँको ओपनिङ गरेको हो।
प्रदर्शनको तेस्रो दिनसम्म भारतमा मात्रै ७४ करोड ४४ भारू नेट कमाइ गरेको छ। गत बिहीबारदेखि रिलिज भएको फिल्मले ४२ करोड ७० लाख नेट ओपनिङ गरेको थियो।
दोस्रो दिन २१ करोड १५ लाख भारू कमाउँदा शनिबार मात्रै फिल्मले २८ करोड ५० लाख भारू नेट कलेक्सन गरेको छ।
तीन दिनमा फिल्मको भारतभित्रको ग्रस व्यापार ८७ करोड ५० लाख भारू पुगेको छ।
अभिनेता विजयको अन्तिम फिल्म भनिएकाले ‘जन नायकन’ चर्चामा छ। यद्यपि, फिल्मले मिश्रित समीक्षा पाइरहेको छ।
फिल्ममा थलापति विजयसँगै पूजा हेगडे, बबी देओल, प्रकाश राज, प्रियामणि, नारायण, ममिता बैजुलगायतको अभिनय छ।
एच विनोथ निर्देशित यो फिल्म हिन्दीमा भने ‘जन नेता’ शीर्षकले रिलिज भएको हो।
Shares

प्रतिक्रिया