ad ad

कला


कृष्णहरि बराललाई १ लाख नगदसहितको प्रतिभा पुरस्कार

कृष्णहरि बराललाई १ लाख नगदसहितको प्रतिभा पुरस्कार

नेपालखबर
माघ २, २०७८ आइतबार १२:२१, काठमाडौँ

वरिष्ठ गीतकार प्रा. डा. कृष्णहरि बराललाई सन् २०२१ को ‘प्रतिभा पुरस्कार’प्रदान गरिने भएको छ। बेलायतस्थित नेपाली प्रतिभा प्रतिष्ठानले बराललाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो।

प्रतिष्ठानको हालै सम्पन्न भर्चुअल बैठकले बरालसँगै संगीतकार गणेश गुरुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो। 

‘प्रतिभा सम्मान’ प्राप्त बराललाई १ लाख नगद सहित यो सम्मान प्रदान गरिने छ। ‘प्रतिभा पुरस्कार’को राशि ५० हजार नगद रहेको प्रतिष्ठानका अध्यक्ष गणेश राईले जानकारी दिए। 

लामो समयदेखि नेपाली गीत/संगीतमा सक्रिय बरालका थुप्रै गीत चर्चाको शिखरमा छन्। बराल चलचित्रका गीत लेखनमा पनि जमेका गीतकार हुन्। 

सय भन्दा धेरै गीतमा संगीत संयोजन गरेका गणेश गुरुङले रेडियो नेपालबाट गायन सुरु गरेका थिए। उनले लामो समय संगीत प्रशिक्षकका रुप बिताएका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .