कला


अमेरिकामा गाइरहेकै बेला एक्कासि कसैले आक्रमण गरेपछि के भने राजेश पायल राईले? (भिडिओ)

अमेरिकामा गाइरहेकै बेला एक्कासि कसैले आक्रमण गरेपछि के भने राजेश पायल राईले? (भिडिओ)

नेपालखबर
पुस १९, २०७८ सोमबार १३:३८, काठमाडौँ

नयाँ वर्ष सन् २०२२ मनाउन अमेरिकामा पुगेका गायक राजेश पायल राई गत शनिबार अर्थात् नयाँ वर्ष सुरु भएको दिन जनवरी १ तारिख न्युयोर्कमा आयोजित सांगीतिक कार्यक्रममा गीत गाइरहेका थिए। नेपाली समयानुसार दिउँसो १२ बजे 
उनी  ‘अन्जानैमा भूल भयो कि’ भन्ने गीतको अन्तरा गाउँदै थिए। दर्शक मन्त्रमुग्ध भएर झुमिरहेका थिए।

तर यहीबीच एकाएक माहोल बिग्रियो। अर्थात् आफ्नै सुरमा गीत गाइरहेका राईर्लाई स्टेजमै उक्लेर कसैले पछाडिबाट न्याँक्यो। गर्धनमा झुन्डिँदै अधबैंसे पुरुषले उनलाई पछार्ने प्रयास गरे। तर राईले आफूलाई लड्न दिएनन्। यत्तिकैमा दर्शक आए र ती व्यक्तिलई छुटाए, जसले गर्दा त्यहाँ थप जुधामारी हुन पाएन। त्यसको भिडिओ सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म निकै भाइरल भयो। सम्भवतः अझै भइरहेकै होला। 

गायक राईलाई घोक्र्याउन खोज्ने कालो सर्ट र पाइन्ट लगाएका ती व्यक्ति थिए– सोलुखुम्बु खरिखोलवा स्थायी ठेगाना भएका पासाङ दावा शेर्पा। हाल उनी न्युयोर्कमै एक रेस्टुरेन्टमा काम गर्छन्।

व्यापक विरोधपछि उनले राईसँग माफी पनि मागिसकेका छन्। 

यो पनिअमेरिकामा स्टेजमै उक्लेर गायक राजेश पायल राईलाई हातपात गर्ने व्यक्तिले यसरी मागे माफी

बुद्ध ट्याक्स एन्ड एकाउन्टिङ नेपाल अमेरिकन कम्युनिटीको आयोजनामा भएको त्यस कार्यक्रममा आफूलाई त्यसरी एक्कासि आक्रमण भएपछि गायक राईको प्रतिक्रिया के थियो होला? धेरैलाई जिज्ञासा लाग्न  सक्छ। यसैबीच गायक राईले त्यस घटनालगत्तै त्यही स्टेजमा आफूले बोलेको भिडिओ सार्वजनिक गरेका छन्। 

त्यसमा उनले आफू कहिले नहार्ने र नभाग्ने व्यक्ति भएको बताएका छन्। 

‘अगाडिबाट आएको चाहिँ म ज्वालामुखी पनि निल्छु र पचाउँछुजस्तो लाग्छ । तर मलाई पछाडिबाट आएको अँगालो झनै स्वीकार्य छ,’ राजेश पायल राईले भनेका छन्, ‘राजेश पायल राई न कहिले हार्न जान्दछ, न कहिले भाग्न जान्दछ। किनकि राजेश पायल राई त्यो देशको माटोले जन्माएको हो, जुन देशको माटो छुँदा पनि स्वर्ग पुगेजस्तो हुन्छ, नेपालबाट आएको हो। र नेपाललाई कसैले हराउने कोसिस मात्र गर्छन् भने दुस्साहस गर्नेछन्।’ ​

थप कुरा भिडिओमै सुन्नुहोस्–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad