भारतमा नयाँ भेरिएन्टको कोरोना संक्रमण बढेसँगै विभिन्न राज्यमा लकडाउन सुरु भएको छ। कोरोना महामारीकै कारण थलिएको सिने उद्योग बिस्तारै चलायमान बन्दै गर्दा पुनः हलहरू बन्द हुन थालेका छन्।
यसको प्रत्यक्ष असर प्रतिक्षित भनिएका ठूला ब्यानरका चलचित्रलाई परेको छ। जसले गर्दा रिलिजको तयारीमा रहेका चलचित्र धमाधम पोेस्टपोन्ड हुन थालेका छन्।
यसैबीच साउथको प्रतिक्षित चलचित्र ‘आरआरआर’ पनि पोस्टपोन्ड भएको छ। आगामी शुक्रबारबाट रिलिजको तयारीमा रहेको यो चलचित्र अनिश्चित कालका लागि पोस्टपोन्ड भएको हो।
भारतमा कोरोना संक्रमण दर बढेसँगै चलचित्रको प्रदर्शन मिति सार्नुपरेको उल्लेख गरिएको छ। एसएस राजमौलीले निर्देशक गरेको यो चलचित्रमा जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्टलगायत कलाकारले अभिनय गरेका छन्।
चलचित्र प्रचारमा ठूलो धनराशि खर्च भएको यो चलचित्रको अमेरिका प्रिमियरका लागि १० लाखभन्दा धेरै टिकट बिक्री भइसकेको छ। नेपाली वितरकले पनि यो चलचित्रका लागि ठूलै रकम खर्च गरेका छन्।
Shares

प्रतिक्रिया