अभिनेत्री शिल्पा पोखरेल अभिनित नयाँ म्युजिक भिडिओ सार्वजनिक भएको छ। उनले गायिका मेलिना राईको पछिल्लो गीत ‘माया बसे बस्ला...’ बोलको गीतमा अभिनय गरेकी हुन्।
सार्वजनिक गीत राजु सुनामले लेखेका हुन् भने संगीत किस्मतले भरेका हुन्।
‘माया बसे बस्ला...’ गीत गायनमा मेलिनासँग संगीतकार किस्मतले सहकार्य गरेका छन्।
गीतको म्युजिक भिडिओकाे निर्देशन क्रान्ति केसीले गरेका हुन्।
अजय रेग्मीले छायांकन गरेको भिडिओमा शिल्पासँग सुधीर श्रेष्ठले अभिनय गरेका छन्।
म्युजिक भिडिओ सम्पादन प्रवीण भट्टले गरेका हुन्।
हेर्नुहोस् शिल्पा अभिनित म्युजिक भिडिओ–
27
Shares

प्रतिक्रिया