बलिउड अभिनेत्री सुस्मिता सेन र मोडल रोहमन सलले ३ वर्षदेखिको प्रेम सम्बन्ध तोडेका छन्।
सुरुमा अभिनेत्री सेनले बिहीबार इन्स्टाग्राममार्फत आफ्नो र रोहमनको संयुक्त तस्बिर पोस्ट गर्दै प्रेम सम्बन्ध छुटेको जानकारी दिएकी हुन् भने पछि त्यसैलाई सेयर गरेर रोहमनले पनि आफूहरूको ब्रेकअप भएको पुष्टि गरेका हुन्।
सुस्मिताले इन्स्टाग्राममा लेखेकी छन्, ‘हाम्रो सम्बन्ध साथीका रूपमा सुुरु भएको थियो, हामी साथीकै रूपमा रहने छौं। सम्बन्ध टुटे पनि हाम्रो माया सधैं रहिरहनेछ।’
तर दुवैले ३ वर्षदेखिको प्रेम सम्बन्ध किन टुट्ट्यो त भन्ने विषयमा केही बताएका छैनन्।
उनीहरूबीचको उमेर १५ वर्षको अन्तर छ, अर्थात् सुस्मिता रोहमनभन्दा १५ वर्ष जेठी छन्। सुस्मिता अहिले ४६ वर्ष पुगिन् भने रोहमन मात्र ३१ वर्षका भए। तर दुईको तस्बिर हेर्दा त्यति उमेर अन्तर भएको जस्तो देखिन्न।

एक अन्तर्वार्तामा सुस्मिता सेनले आफ्नो र रोहमनको सम्बन्ध इन्स्टाग्राम च्याटबाट सुरु भएको बताएकी थिइन्। प्रारम्भिक कुराकानीपछि रोहमनले उनलाई फुटबल म्याच हेर्न निम्तो गरे तर सुस्मिताले सँगै कफी पिउने कुरा गरिन् र यसरी दुवैबीच प्रेम सम्बन्ध सुरु भएकाे थियाे।
संयोग के भने इन्स्टाग्रामबाट सुरु भएको उनीहरूको प्रेम ३ वर्षपछि अन्ततः इन्स्टाग्राममार्फत नै अन्त्य भएको घोषणा गरिएको छ। सुस्मिताले प्रेम सम्बन्ध टुटे पनि आफूहरू बीचको माया भने सधैं रहने उल्लेख गरेर रोहमनसँग छुट्टिन मन नलागेको प्रस्ट पारेकी छन्। यति गहिरो माया हुँदाहुँदै किन अलग हुनुपर्यो त भन्ने विषयमा दुवैले केही नखुलाउँदा भने प्रशंसक अन्योलमा परेका छन्।

Shares

प्रतिक्रिया