बलिउड अभिनेत्री कट्रिना कैफ विवाहपछि काममा फर्किएकी छिन्।
डिसेम्बर ९ मा अभिनेता विक्की कौशलसँग विवाह गरेकी कट्रीना चलचित्रको छायांकनका लागि निस्कने भएकी हुन्।
उनी जनवरीको दोस्रो साताबाट छायांकन सेटमा देखिनेछिन्। सलमान खानको चलचित्र ‘टाइगर ३’को छायांकन सेटबाट कट्रीना काममा फर्किनेछिन्। उनका श्रीमान विक्की भने केहिदिन अघिबाटै काममा फर्किसकेका छन्।
सलमानको यो फिल्म कोरोनाका कारण छायांकन प्रभावित भएको थियो।
यो फिल्मको १५ दिनको छायांकन सेटमा कट्रिना सहभागी हुने भारतीय सञ्चार माध्यमले जनाएक छन । दिल्लीको रियल लोकेशनमा सलमानको ‘टाइगर ३’को छायांकन हुनेछ।
57
Shares

प्रतिक्रिया