‘सैं पनि एमाले, मै पनि एमाले’ गीत गाएपछि चर्चामा आएकी गायिका प्रिया भण्डारीले बिहे गरेकी छन्।
आइतबार उनले पाल्पा तानसेन घर भई अमेरिका बस्ने गरेका प्रभात अधिकारीसँग विवाह गरेकी हुन्।
केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू वैवाहिक जीवनमा बाँधिएका हुन्।
उनीहरूको विवाह बुटवलको जोगीकुटीस्थित एक पार्टी प्यालेसमा भएको हो। गुल्मीमा जन्मिएकी प्रिया बुटवलमै बसेर अध्ययनसँगै सांगीतिक यात्रा अगाडि बढाइरहेकी छन्।
एमालेसम्बन्धी गीतहरूमा स्वर दिएकी प्रियालाई बधाई दिन एमालेका केही नेता बुटवल पुगेका थिए।
बद्री पंगेनीसँग ‘सैं पनि एमाले, मै पनि एमाले’ बोलको गीत गाएपछि चर्चामा आएकी गायिका भण्डारीले अन्य दर्जनौं व्यावसायिक गीत पनि गाएकी छन्।
तर उनको अहिलेसम्मकै लोकप्रिय गीत एमालेको चुनावी गीत नै हो। नेकपा विभाजनका बेला बैकुण्ठ महतसँग मिलेर गाएको ‘एकता तोडेर नजाऊ साथी हो’ गीत पनि लोकप्रिय बनेको थियो।
केही दिनअघि सार्वजनिक वैकुण्ठ महतको ‘हाम्रो नेपालमा राम्रो एमाले’ बोलको गीतमा पनि प्रियाले स्वर दिएकी छन्।
बिहेका थप तस्बिर :


Shares

प्रतिक्रिया