कला


आर्यन खान ड्रग्स प्रकरणका चर्चित व्यक्ति पक्राउ

आर्यन खान ड्रग्स प्रकरणका चर्चित व्यक्ति पक्राउ

नेपालखबर
कात्तिक ११, २०७८ बिहिबार १४:४५, काठमाडौँ

आर्यन खान प्रकरणका चर्चित व्यक्ति किरण गोसावी पक्राउ परेका छन्। किरणलाई पुणेबाट पक्राउ प्रहरीले पक्राउ गरेको हो।

किरण गोसावी मुम्बई क्रुज प्रकरणमा साक्षी बनाएपछि फरार थिए। 

आर्यन खानसँगको पहिलो सेल्फी भाइरल भएपछि गोसावी चर्चामा आएका थिए। यसपछि आर्यनसँग किरणको केही भिडिओ पनि निकै भाइरल बनेको छ जसमा किरणले आर्यनलाई मोबाइलमा केही भन्न आग्रह गरिरहेका छन्।

किरणका अंगरक्षक प्रभाकर सालले किरणसँग करोडौंको कारोबार गरेको आरोप लगाएका थिए।

किरण विरुद्ध ठगीका धेरै मुद्दा दर्ता छन् र ती मध्ये एक मुद्दामा किरणलाई पुणे प्रहरीले पक्राउ गरेको छ। किरण सन् २०१८ को ठगी मुद्दामा पक्राउ परेका थिए। यस गिरफ्तारीलाई पुणे प्रहरीले पनि पुष्टि गरेको छ।

किरण गोसावी विरुद्ध पुणेको फरासखाना पुलिस स्टेशनमा ठगीको मुद्दा दर्ता भएको छ। किरण विरुद्ध लुक आउट नोटिस समेत जारी गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad