कला


साम्राज्ञी अभिनित यो गीतमा टिकटक बनाउनेले १ लाखसम्म पुरस्कार पाउने

साम्राज्ञी अभिनित यो गीतमा टिकटक बनाउनेले १ लाखसम्म पुरस्कार पाउने

नेपालखबर
कात्तिक ५, २०७८ शुक्रबार १६:२१, काठमाडौँ

ट्रि इन्टरटेनमेन्टले आफूले बनाएको ‘माया पिरेम’ बोलको गीतमा टिकटक बनाउनेलाई १ लाखसम्म पुरस्कार दिने घोषणा गरेको छ।

हालसम्म भ्युज संख्या २० लाख माथि पुर्याइसकेको यो गीतका क्लिप ट्रि इन्टरटेन्मेन्ट टिकटक एकाउन्टमा राखिएको छ। यसमा कात्तिक २२ गतेसम्म टिकटक बनाउन सकिने ट्रि इन्टरटेन्मेन्टले जनाएको छ। आयोजकले दिएका ह्यास्टट्याग प्रयोग गर्दै टिकटक बनाउन सकिने जनाइएको छ। 

यस प्रतियोगिताको विजेताले १ लाख पुरस्कार पाउने आयोजकले जनाएको छ। 

यसैगरी​ दोस्रोलाई ५० हजार, तेस्रोलाई ३५ हजार, चौथोलाई २५ हजार, पाँचौलाई २० हजार, छैटौंलाई १५ हजार, सातौंलाई १२ हजार, आठौंलाई १० हजार, नवौंलाई ८ हजार र दशौं हुनेलाई ६ हजार रुपैयाँ पुरस्कार दिइनेछ। 

उक्त म्युजिक भिडिओमा देलविस दर्शनधारी र राज तुम्बाहाम्फेका साथमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र मोडल अलिसा शर्माको अभियन गरेका छन्।  

माइकल चन्दले निर्देशन गरेको भिडिओको गीत डीपी खनालले रचेका हुन् भने शंकर स्माइलले संगीत दिएका हुन्। 

विश्व नेपाली र अस्मिता परियारले गाएको गीतको भिडिओ उत्सव दाहालले छायांकन गरेका हुन्। भिडिओको सम्पादन शिलन लम्सालले गरेका हुन्।

यो पनि : ​साम्राज्ञी अभिनित ‘माया पिरेम’ सार्वजनिक (भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad