कोारोना महामारीका कारण चलचित्र गतिविधि ठप्प हुँदा झन्डै २ वर्षपछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेकाे ‘माया पिरेम’ म्युजिक भिडिओ सार्वजनिक भएको छ।
बुधबारर ठमेलस्थित एलफ्ट होटलमा आयोजित कार्यक्रमबचि गीत सार्वजनिक गरिएको हो।
डीपी खनालको शब्दमा रहेको गीतमा शंकर स्माइलको संगीत छ। गीत विश्व नेपाली र अस्मिता परियारले गाएका हुन्।
माइकल चन्दको निर्देशन बनेको भिडिओमा साम्राज्ञीका साथ अलिसा शर्मा, देलविस दर्शनधारी र राज तुम्बाहाम्फेले अभिनय गरेका छन्।
उत्सव दाहालको छायांकन र सिलन लम्सालको सम्पादनमा भिडिओ बनेको हो। यस म्युजिक भिडिओमार्फत देलविस र राजले डेब्यु गरेका हुन्।
ट्रि इन्टरटेन्मेन्टद्वारा निर्मित भिडिओमा दिनेश दर्शनधारी र यशोधा राइको लगानी छ।
हेर्नुहोस् भिडिओ–
72
Shares

प्रतिक्रिया