ad ad

कला


प्रेमीसँगको गोप्य भिडिओ सार्वजनिक गरिदिने धम्की आइरहेको छ : गायिका तिवा

प्रेमीसँगको गोप्य भिडिओ सार्वजनिक गरिदिने धम्की आइरहेको छ : गायिका तिवा

गायिका एवं कलाकार तिवा सावेज


नेपालखबर
असोज २४, २०७८ आइतबार ४:४९, काठमाडौँ

नाइजेरियन गायिका एवं कलाकार तिवा सावेजले आफ्ना प्रेमीसँगको सेक्स टेप सार्वजनिक गर्दिने धम्की दिएर आफूविरुद्ध कसैले ब्ल्याकमेल गरिरहेको गुनासो गरेकी छन्। 

प्रेमीसँगका अन्तरंग भिडिओ फुटेज सार्वजनिक गर्ने धम्की दिँदै ती व्यक्तिले पैसा मागिररहेको उनले खुलासा गरेकी हुन्। 

अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमका अनुसार गायिका तिवाले तर आफू पैसा तिर्ने पक्षमा नरहेको बताएकी छन्। 

गायिका सावेजका अनुसार उनका प्रेमीले भूलवश भिडिओ लिक गरेको र त्यो अज्ञात व्यक्तिको हातमा पुगेकाले उसले ब्ल्याकमेल गरिरहेको हाे। 

गायिका सावेजले भनेकी छन्, ‘म यसलाई सेक्स टेप भन्दिनँ। म र मैले डेट गरिरहेका व्यक्तिबीचको भिडिओ हो।’

गायिका सावेजले आफ्ना प्रेमी पनि यस घटनाबाट विक्षिप्त भएको बताएकी छन्। भिडिओ लिक भएकामा पछुतो मानेका आफ्ना प्रेमी आफ्नो करिअर जोखिममा पर्नसक्ने भन्दै चिन्तामा परेको सावेजले उल्लेख गरेकी छन्। 

अफ्रिकी मूलकी गायिका सावेजले सन् २०१८ को एमटीभी युरोप म्युजिक अवार्डसहित थुप्रै अन्तर्राष्ट्रिय अवार्ड पाएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .