कवि कविता राई (गाउँले) ले ‘सोच्दा सोच्दै’ शीर्षकको गीत सार्वजनिक गरेकी छन्।
इलाम पशुपतिनगर निवासी कवि राईद्वारा रचित उक्त गीत प्रसिद्ध गायक राजेश पायल राईको स्वरमा छ। संगीत विक्रम राईले भरेका छन् भने एरेन्ज फणीन्द्र राईको छ।
गीत पृथक स्टुडिओमा रेकर्ड गरिएको हो। गीत विक्रम राईको अफिसियल युट्युब च्यानल ‘म्युजिक जङ्सन नेपाल’मार्फत गत बुधबार सावजनिक गरिएको हो।
भावयुक्त कवितामा कलम चलाउन माहिर राईको यो पहिलो रेकर्डिङ गीत हो।
‘गीति संग्रह निकाल्ने योजना छ कि भनी नेपालखबरले राखेको जिज्ञासामा राईले भनिन्, ‘गीति एल्बम निकाल्ने खासै योजना छैन, तर कविता संग्रह प्रकाशन गर्ने गृहकार्यचाहिँ भइरहेको छ।’
‘कविता लेख्न सजिलो कि गीत?’
राईले भनिन्, ‘मलाई त कविता लेख्न सजिलो लाग्छ, खासमा ‘सोच्दा सोच्दै’ पनि कविताकै रूपमा जन्मिएको थियो, तर संगीतकारले शब्द मन पराइदिएपछि गीत बन्यो। कविता लेखनमा शब्द र भावसँग मज्जाले खेल्न पाइन्छ, तर गीतलाई निश्चित फ्रेमभित्र अटाएर लेख्नुपर्ने हुन्छ।’
कवि तथा गीतकार राई आफ्ना सिर्जनामा काल्पनिकताभन्दा जीवन भोगाइका वास्तविकता उतार्ने गर्छिन्। जसले गर्दा पाठक/स्रोता सजिलै तानिन्छन्।
सुन्नुहोस् कविता राईको पहिलो रेकर्डेड गीत ‘सोच्दा सोच्दै’–
Shares
प्रतिक्रिया