ad ad

प्रविधि


अमेजनले ल्याउँदै छ घरकुरुवा रोबोट, पढ्नुहोस् यसका विशेषता

अमेजनले ल्याउँदै छ घरकुरुवा रोबोट, पढ्नुहोस् यसका विशेषता

नेपालखबर
असोज १४, २०७८ बिहिबार १४:५८, काठमाडौँ

अमेजनले घर रेखदेख गर्नसक्ने एस्ट्रो रोबोट ल्याउने घोषणा गरेको छ । कम्पनीले एलेक्सा स्मार्ट होम टेक्नोलोजीले बनाएको आफ्नो पहिलो हाउसहोल्ड रोबोट ल्याउने घोषणा गरेको हो ।

कम्पनीका अनुसार यो रोबोटले घरपालुवा जनावर, मानिस र घरकै सुरक्षा अवस्थाको अनुगमन गर्न सक्नेछ। यो रोबोट रिमोटबाट कन्ट्रोल गर्न सकिन्छ । 

त्यस्तै यसले स्वचालित रुपमा घरको रेखदेख गर्न समेत सक्छ । त्यसो गर्दा यदि केही अस्वाभाविक गतिविधि पाए केही भेटिए घरमालिकलाई नोटिफिकेसन (सूचित) दिन सक्छ ।

यसमा धेरै गतिविधि र हाउभाउको ‘प्रोग्राम’ गरिएको छ । यो सानो रोबोटमा पेरिस्कोप क्यामरा सबैभन्दा मािथ राखिएको छ ।

यसको मूल्य नौ सय ९९ अमेरिकी डलर पर्नेछ । रोबोट यही वर्षदेखि बजारमा पठाउन थालिनेछ । तर अहिलेलाई अमेरिकामा मात्रै उपलब्ध हुनेछ । यसको मूल्य १४ सय ४९ अमेरिकी डलरसम्म पर्नसक्नेछ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .