ad ad

कला


पोखरामा रमाउँदै चिनियाँ अभिनेत्री

पोखरामा रमाउँदै  चिनियाँ अभिनेत्री

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार ९:१३,

यसै साता चिनियाँ अभिनेत्री स्वी छिङ नेपाल भ्रमण वर्ष २०२० का लागि सद्भावना दूत नियुक्त भइन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणमा आफूले बुद्धको देशमा चिनियाँ पर्यटक भित्राउन सहयोग गर्ने वचन दिएको केही दिनमै उनी सद्भावना दूत नियुक्त भएकी हुन्।

सद्भावना दूत नियुक्त भएको अर्को दिन स्वी पोखराका लागि उडिन्। पोखरामा उनले फेवातालमा डुंगा सयर गर्नुको साथै अन्नपूर्ण हिमालको दृश्यावलोकनसमेत गरिन्। साथै, प्याराग्लाइडिङको मज्जासमेत लिइन्। पोखराको प्राकृतिक सुन्दरतासँग स्वी निकै रमाएकी थिइन्।

शनिबार राति फिस्टेल रिसोर्टमा बसेकी स्वी आइतबार बिहान नौकाबिहार हुँदै डुंगा सयर गरेर तालबाराही मन्दिर पुगेकी थिइन्। त्यहाँ केही मिनेट उनी परेवालाई चारो दिँदै रमाएकी थिइन्।

सोही दिन दिउँसो उनी हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङमा उडिन्। सोमबार स्वीले हेलिकप्टरमार्फत अन्नपूर्ण आधार शिविरको अवलोकन गरेको र दुई घण्टा त्यहाँ बिताएको हिमालय फ्रन्टियर्सका शैलेन्द्र रावतले नेपालखबरलाई जानकारी दिए।

स्वी चीनकी निकै चर्चित नायिका हुन्। चिनियाँ ट्विटर मानिने ‘वैपो’मा उनका १ करोड ६९ लाख फलोअर्स छन्। उनले आफू नेपालमा रहेका तस्बिरहरु पोस्ट गर्दा थुप्रै चिनियाँले आफू पनि नेपाल घुम्न चाहेको बताएका थिए।

स्वीको सन् १९६९ मा बेइजिङमा जन्म भएको हो। उनी हलिउडमा समेत चर्चित छिन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .