कला


काठमाडौँमा मोटा सुन्दरी प्रतियोगिता हुने

काठमाडौँमा मोटा सुन्दरी प्रतियोगिता हुने

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार ७:५९,

धेरै युवतीहरु शरीरको मोटोपना बढ्दा चिन्तित हुन्छन्। यिनै मोटोपना भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’को तेश्रो सिजन राजधानीमा आयोजना हुँदैछ।

मोडल सङ्स नेपालले ओमानियाको प्रस्तुतिमा ‘सुपर प्लस साइज मोडल नेपाल,२०२०’ सिजन—३ आयोजना गर्न लागेको हो। प्रतियोगितामा १६ देखि ५५ वर्ष उमेर समूहका विवाहित तथा अविवाहित महिलाहरुले भाग लिन सक्नेछन्। ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ।

आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतका अनुसार काठमाडौको नयाँ बानेश्वरस्थित रोयल एलिनाज रेस्टुरेन्टमा कार्तिक ३० गते हुने अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिब एक महिना लामो प्रशिक्षण प्रदान गरिने छ। जसमा प्रतिस्पर्धीहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइनेछ।

यसै संस्थाले नेपालमै पहिलोपटक मोटोपना भएका युवाहरुका लागि मिस्टर प्लस साइज नेपाल आयोजना गर्दै आएको छ। इभेन्ट आयोजना गर्नुको उद्देश्य बारे प्रकाश पार्दै ओमानियाकी प्रबन्ध निर्देशक प्रियंका बोथ्रा भन्छिन् ‘प्लस साइज (मोटोपना)का कारण हिनताबोध भएका युवतीहरुलाई प्रोत्साहन मिल्ने सौन्दर्य र क्षमता भएर पनि सधैँपछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफूलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको क्षमतालाइ अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यस ‘सुपर प्लस साइज मोडल नेपाल’ प्रतियोगिताको आयोजना गर्न लागिएको हो।

प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वल्र्ड टप प्लस साईज, २०२०’ मा सहभागिता जनाउन पाउने पनि उनले जानकारी गराइन्। उत्कृष्ट तीन रनरअपहरुले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने जानकारी पनि आयोजक संस्थाले दिएको छ।

प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीहरुको निम्ति अडिसन फाराम वितरण कार्य मोडल सङ्ग्स नेपालको कार्यालयबाट कार्तिक ५ गतेबाट प्रारम्भ भएको राजपुतले जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad