अटो


एक्ससीएमजीले ल्यायो नयाँ २२ टनको एक्स्काभेटर

एक्ससीएमजीले ल्यायो नयाँ २२ टनको एक्स्काभेटर

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार ७:५८,

विश्वकै छैटौं ठूलो निर्माण उपकरण बनाउने चीनको नं. १ कम्पनी एक्ससीएमजीले नयाँ एक्स्काभेटर नेपाल भित्र्याएको छ। नेपालका लागि कम्पनीको एक मात्रै आधिकारिक बिक्रेता आईडीएमसीले नयाँ २२ टनको एक्स्काभेटर भित्र्याएको हो।

कम्पनीले यही अक्टोबर १८ मा सोल्टी होटलमा एक्स.इ. २१५ सी एक्साभेटर लन्च गरेको हो। मुख्य कार्यालय ललितपुरको भनिमण्डलमा रहेको कम्पनीले नेपाल अधिराज्यभर ६ वटा शाखा कार्यालय समेत स्थापना गरिसकेको छ।
एक्काइस हजार नौ सय अपरेटिङ वेट रहेको यो एक्साभेटरमा इसुजुको आयातित इन्जिन जडान गरिएको छ।

यो इन्जिन १७२ हर्सपावर क्षमताको रहेको छ । साथै, एक्स.इ. २१५ सी एक्साभेटरमा मेकानिकल पप्प, कावासाकी हाइड्रोलिक सिस्टम, ५.६८ मिटरको बुम तथा २.९१ मिटरको आर्म रहेको छ। यो एक्स्काभेटर बढी शक्तिशाली र कम इन्धन खपत गर्ने कम्पनीको भनाइ छ।

यसले ह्वील लोडर, एक्स्काभेटर, ग्रेडर, रोलर, क्रेन, पाइलिङ मेसिन, बोरिङ मेशिन जस्ता थुप्रै निर्माण उपकरणहरु उत्पादन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad