कला


पारसको क्यारिकेचरले चुलियो भरतमणिको चर्चा

पारसको क्यारिकेचरले चुलियो भरतमणिको चर्चा

नेपालखबर
भदौ १३, २०७८ आइतबार २२:१९, काठमाडौँ

ताप्लेजुङ निवासी युवा भरतमणि पौडेल ‘कमेडी च्याम्पियन सिजन २’ को पहिलो फाइनलिस्ट बनेका छन्। 

शनिबार राति प्रसारण भएको शृंखलामा पूर्व युवराज पारस शाहको स्वरुपमा उत्रिएर उत्कृष्ट प्रस्तुति दिएपछि उनी सिधै फाइनल पुगेका हुन्। 

भरतमणिले यो साता आफूलाई भोटिङ नगर्न भन्दै फाइनल राउन्डका लागि साँचेर राख्न सबैलाई आग्रह गरेका छन् ।

कमेडी च्याम्पियन सिजन २ को सुरुदेखि नै भरतमणि चर्चामा छन्। एमाले नेता गोकुल बास्कोटाको क्यारिकेचर दुरुस्तै गरेर चर्चा बटुलेका उनले शनिबार राति पूर्वयुवराज पारस शाहको गेटअपमा प्रस्तुति दिए। 

भरतमणिको यो प्रस्तुतिलाई धेरैले मन पराएका छन्। पारस र राजतन्त्र समर्थकले भने पारसलाई हाँसोको पात्र बनाएको भन्दै आलोचना पनि गरेका छन्। 

पूर्वयुवराज पारस शाहको नक्कल गर्दै अभिनय गरेका भरतमणिको भिडियोको ट्रेलर शुक्रबार नै युट्युबमा राखिएको थियो। 

जुन ट्रेन्डिङमा आइसकेको छ। भरतमणिले पूर्वराजा ज्ञानेन्द्र शाह, लोसपा नेता राजेन्द्र महतोको क्यारिकेचर पनि हुबहु गर्ने गरेका छन्। 

खासगरी उनले घरबेटीको प्रसंग आफ्ना प्रस्तुतिमा दिँदा दर्शकले निकै मन पराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad