कला


दुई दिन अस्पतालमा भर्ना भएका अमिताभ बच्चन किन मौन?

दुई दिन अस्पतालमा भर्ना भएका अमिताभ बच्चन किन मौन?

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार १३:३२,

बलिउड अभिनेता अमिताभ बच्चनले पछिल्ला केही दिनमा आफ्नो स्वास्थ्यका बारेमा मिडियामा आएका समाचारप्रति दुःख ब्यक्त गरेका छन्।

स्वास्थ्य अवस्था सबैको ब्यक्तिगत गोपनियता भएकाले त्यसलाई व्यवसायिक दृष्टिकोणले हेरिन नहुने उनको भनाई छ। अमिताभ केही दिनअघि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए।

दुई दिनपछि उनी डिस्चार्ज भए। अस्पतालबाट बाहिर आएपछि अमिताभले भने, ‘सबै कुरा बिकाउका लागि हुँदैन। मिडियाले स्वास्थ्यजस्तो कुरालाई व्यवसायिक रुपमा हेर्नु गलत छ।’

स्वास्थ्यमा समस्या आएपछि उनको चर्चित शो ‘को बन्छ करोडपति’को सुटिङ स्थगित भएको थियो। भारतीय मिडियाका अनुसार उनको कलेजोमा समस्या आएको थियो। तर, अस्पताल स्रोत र अमिताभ स्वंयमले यसबारे केही बोलेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad