ad ad

कला


मेलम्ची र हेलम्बुका बाढीपीडितका लागि कलाकारले ४३ वटा घर बनाइदिने

मेलम्ची र हेलम्बुका बाढीपीडितका लागि कलाकारले ४३ वटा घर बनाइदिने

नेपालखबर
साउन ८, २०७८ शुक्रबार १५:३९,

गत असार १ गतेको बाढीका कारण घरबारविहीन भएका मेलम्ची र हेलम्बुका प्रभावितलाई नेपाली कलाकारले मिलेर ४३ पक्की घर बनाइदिने भएका छन्।
 

कलाकारद्वारा सञ्चालित सिन्धु सहयोग कोषको समूहले मेलम्ची क्षेत्रको स्थलगत अनुगमन गरेपछि बाढीले बगाएको मेलम्चीको दनुवार बस्तीमा १९ पक्की घर बनाइदिने घोषणा गरेको हो। त्यस्तै हेलम्बुको किउलमा मगर बस्तीका २४ पक्की घर बनाइदिने कलाकारले जनाएका छन्।

गत साता जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको नेतृत्वमा कोषका सहसंयोजक नायिका करिष्मा मानन्धरलगायत कलाकारको टोलीले मेलम्ची र हेलम्बुका घर बनाउने स्थान निरीक्षण गरेको करिष्माले सामाजिक

सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छन्। मेलम्ची र हेलम्बुसहित पाँच पोखरीमा आकर्षक पक्की घरसहित घरबास बनाउने आफूहरूको तयारी रहेको र यसबारे चाँडै योजना सार्वजनिक गर्ने कोषका सदस्य एवं सङ्गीतकार चेतन सापकोटाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .