बलिउड अभिनेता सलमान खानको मुख्य भूमिका रहेको ‘बजरंगी भाइजान’ एक सुपरहिट चलचित्र थियो।
दर्शक र समीक्षकले रुचाएको फिल्म मध्येमा पर्छ यो। फिल्मले बक्स अफिसमा पनि चित्तबुझ्दो कमाइ गर्न सफल भयो। यो फिल्ममा सलमान बाहेक हर्षली मल्होत्रा, करीना कपूर खान र नवाजुद्दीन सिद्दीकी मुख्य भूमिकामा थिए। लामो समयसम्म प्रशंसकले यो फिल्मको एक सिक्वेल चाहेका थिए।
अब प्रशंसकहरूको इच्छा छिट्टै पूरा हुने सम्भावना छ।
भारतीय च्यानलमा दिएको एक अन्तर्वार्तामा लेखक केवी विजेंद्र प्रसादले फिल्मको सिक्वेल बनाउन आफू लागिपरिरहेको बताएका छन्। यसबारे सलमानसँग छलफल भएकाले आफू उत्साहित भएको उनले सुनाए।
केवीले भने, ‘ म बजरंगी भाइजान–२ लेखिरहेको छु। केही समयअघि यसबारे सलमानलाई भनेको थिएँ र उनी पनि यसमा उत्साहित छन्। तर म अगाडि बढ्नको लागि उचित माध्यम चाहान्छु।’
केवीले चाँडै प्रशंसकहरूले यस फिल्मको सिक्वल हेर्न पाउने क्लु समेत दिए। बजरंगी भाइजानमा कसरी पाकिस्तानबाट एउटी बालिका गल्तीले भारतमा रहन्छिन् भन्ने कुरा देखाइएको थियो। र सलमान ती बालिकालाई लिएर उनको देश, उनको घर पाकिस्तान जान्छन् र त्यहाँ उनले धेरै समस्याहरूको सामना गर्छन्। फिल्मको कथा धेरै भावनात्मक छ। यस फिल्ममार्फत् हर्षाली मल्होत्राले पनि दर्शकहरूमार्फत् धेरै प्रेम पाए।
बजरंगी भाइजान हिन्दी सिनेमामा मात्र होइन सलमानको करिअरको पनि एक उत्तम फिल्म थियो। यो फिल्म अझै पनि बलिउडको सर्वाधिक कमाइ गर्ने फिल्महरूको सूचीमा समावेश छ। फिल्मले तीन सय करोडभन्दा धेरै कमाइ गरेको थियो । फिल्म रिलिज भएको ६ वर्ष भयो। सलमान बजरंगी भाईजानको सीक्वलको माध्यमबाट आफ्नो नाममा नयाँ रेकर्ड गर्ने तयारी गर्दैछन्।
पछिल्लो फिल्म ‘राधे यू मोस्ट वान्ट्ड भाइ’मा देखिएका सलमान अब ‘अन्तिम’ पठान’, ‘लाल सिंह चड्डा’ र ‘टाइगरमा’ देखिँदैछन्। मुख्य कलाकारका रूपमा भने उनी ‘अन्तिम’ र ‘टाइगर’मा देखापर्नेछन्।
(यो सामग्री टिभीनाइनहिन्दीडटकमबाट नेपालीमा अनुवाद गरिएको हो।)
Shares

प्रतिक्रिया