रोजगार


रेलवेमा अर्को बेथिती : एक कर्मचारीको उपदान नपाइ निधन ७ जनाले कार्यलय धाउँदै

रेलवेमा अर्को बेथिती : एक कर्मचारीको उपदान नपाइ निधन ७ जनाले कार्यलय धाउँदै

सुभाष कर्ण
चैत १, २०८२ आइतबार २१:२४, जनकपुरधाम

सरकारको लापरवाहीको कारण महिनौदेखि प्रमुखविहिन रहेको नेपाल रेलवेको अर्को बेथिती उजागर भएको छ। यहाँ काम गरेर  महिनौ अघि अवकाश पाइसकेका कर्मचारीले पनि हालसम्म अवकाशपछि पाउने सेवा सुविधा पाएका छैनन्।

अवकाश प्राप्त ८ जना कर्मचारीले  अवकाशपछिको सेवा उपदान सुविधा नपाएका हुन्। श्रेणीविहिनदेखि पाँचौ तहसम्मका ती कर्मचारीले अवकास पाएको दुई वर्ष बितिसकेको बताए। उनीहरूले अवकाशपछि पाउने उपदान सेवा वापतको रकम, उपचार खर्च, संचित विदाको रकम र बिमा सुविधावापत पाउने रकमसमेत नपाएको बताए।
 
एक कर्मचारीको त यी सुविधा नपाई नै निधनसमेत भइसकेको छ। सुविधा नपाउने आठ जना कर्मचारीले आफूले पाउनुपर्ने रकम माग गर्दै निवेदन हालेको पत्र सार्वजनिक भएको छ।
उनीहरूले गत माघ २७ गते कार्यालयमा निवेदन दिएका थिए। यसअघि पनि उनीहरूले निवदेन दिएका थिए। निवेदनमा उल्लेख भए अनुसार रामआशिष भगत, हेमबहादुर कटुवाल, गंगाराम मण्डल, सुरज मण्डल, सैलुन कवारी, रफिद कवारी, नन्दकिशोर राय, र तुलाबहादुर डाँगीले अवकाशपछिको सुविधा पाएका छैनन्।
 
यी मध्ये रामआशिष भगत, हेमबहादुर कटुवाल, सुरज मण्डल श्रेणीविहिन पहिलो तह, रसिद कवारी, सैलुन कवारी, गंगाराम मण्डल उपसहायक दोश्रो तह, र नन्दकिशोर राय तेश्रो तह सहसहायक प्राविधिक कर्मचारी थिए भने तुलबहादुर डाँगी पाँचौ तह वरिष्ठ सहायक प्राविधिक थिए।

 
यी मध्ये रामआशिष रायकाे कार्यालय धाउँदा धाउँदै उपादान नपाइ निधन भइसकेको छ। २०७९ साल फागुन ११ गते अवकाश पाएका रायको एक वर्षअघि निधन भएको थियो । तर आजसम्म उपदान सेवा पाएको छैन। उनले जागिर एकवर्ष छदैँ काम गर्ने वातावरण नरहेको भनी गएको राजीनामा दिएका थिए। 

यी आठै जनाको अवकाशपछि उपदान सेवा उपलब्ध गराई दिन रेलवे बोर्डका निमित प्रबन्ध सञ्चालक हरिकुमार पोखरेलले दुई  दुई पटक लिखित पत्राचारसमेत गरेका थिए । तर खरिदार केवल नेपाली र काजमा रहेका लेखापाल पवन नायकले दिन आनाकानी गरिरहेको पिडीत मध्ये डाँगीले बताए।
 
उनले भने 'चालु आर्थिक वर्ष २०८२/०८३ मा उपदान सेवा प्रदान भन्ने शीर्षकमा बजेट समेत विनियोजित गरिएको छ । सोही आधारमा टिप्पणी र आदेशसमेत अवकाश प्राप्त ८ औं जना कर्मचारीलाई दिने उठाइएको छ । तर लेखापाल पवन नायकले विभिन्न बहानाबाजी गर्दै आलटाल गरिरहेका छन्।' 

प्रबन्ध सञ्चालक हरिकुमार पोखरेलले टिप्पणी र आदेश उठाएकै दिन गएको माघ २८ गते भुक्तानी स्वीकृति पठाउन पत्राचार गरेका थिए । आलटाल गरेपछि पिडीतहरुले कम्पनीलाई उपदान लगायतका सेवा नपाएको भनी पुनः ताकेता गर्दा कम्पनीले दोश्रो पत्र लेखापाल नायकको नाममा यही फागुन २२ गते पठाएको छ।
 
टिप्पणी र आदेशमा ती अवकाश प्राप्त कर्मचारीहरुको उपदान लगायतका सेवा सुविधा वापतको कुल रकम ३ करोड १८ लाख, ७७ हजार ३५४ रुपैया रहेको उल्लेख गरिएको छ । तर कोषमा हाल २ करोड ५७ लाख ९७ हजार रुपैया मात्र रहेकाले बाँकी रहेका रकम ६० लाख ८० हजार १५४ रुपैयाका लागि संशोधन प्रक्रिया अघि बढाउने टिप्पणी तथा आदेशमा भनिएको छ। 

लेखापाल पवन नायकले भने आफूलाई धेरै जानकारी नरहेको भन्दै स्टोर क्लियरेन्स नगर्दा रोकिएको बताए।अहिले कार्यलय हेरिरहेका केवल नेपालीले भने केही प्राविधिक त्रुटिका कारण रोकिएको बताए। 
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad