रोजगार


सरकारले भन्यो- देशमा साढे ११ प्रतिशत जनसंख्या बेरोजगार छ

सरकारले भन्यो- देशमा साढे ११ प्रतिशत जनसंख्या बेरोजगार छ

नेपालखबर
असार १०, २०८२ मंगलबार १३:११, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले देशको ११.६ प्रतिशत व्यक्तिहरू बेरोजगार रहेको बताएका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले श्रम र रोजगारीको विषय मुलुकको अर्थतन्त्रको विकास र समृद्धिसँग जोडिएको विषय भन्दै यसबारे जानकारी गराएका हुन्। 

'जनसंख्याको ठूलो हिस्सा बेरोजगारीको अवस्थामा रहेको हालको परिप्रेक्ष्यमा तदुनुरुपको रोजगारी मुलुकभित्रै सिर्जना गर्न थप चुनौती र चिन्ताको विषय बनेको छ,' उनले भने, 'नेपालभित्रै रोजगारीको उपयुक्त अवसर नहुनु र भएका केही रोजगारीमा समेत सीप र ज्ञानको अभावमा विदेशी नागरिकहरू संलग्न रहेको अवस्था छ।'

वैदेशिक रोजगारीमा युवाको आकर्षणलाई मुलुकभित्रैको रोजगारीमा संलग्न गराउनु मुख्य चुनौती रहेको उनको भनाइ छ।  उनले बेरोजगार दर कम गर्न आगामी १० वर्षका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको अभियान सञ्चालन गर्ने निर्णय गरेको पनि सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad