रोजगार


नेपालको आर्थिक क्षेत्र सुधार हुँदै गएको आईएमएफको ठम्याइ, साढे ५ अर्ब ऋण फुकुवा गर्ने

नेपालको आर्थिक क्षेत्र सुधार हुँदै गएको आईएमएफको ठम्याइ, साढे ५ अर्ब ऋण फुकुवा गर्ने

नेपालखबर
माघ ९, २०८१ बुधबार १३:२८, काठमाडौँ

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई ४०.६ मिलियन डलर सहुलियत ऋणको किस्ता दिने गरी कर्मचारी स्तरमा सहमति भएको छ। ईएफसी सम्झौता अनुसार नेपाललाई नयाँ किस्ता दिन आईएमएफ सहमत भएको हो। 

नेपालमा भएको सहमति मुद्रा कोषको सञ्चालक समितिले स्वीकृत गरेपछि नेपालले ५ अर्ब ६९ करोड रुपैयाँ पाउनेछ। आईएफसी प्रतिनिधिमण्डलको नेतृत्व गरी काठमाडौँ आएकी सारवत जहानले अर्थ मन्त्रालय र राष्ट्र बैंक अधिकारीहरूसँग छलफल गरी सहमति जनाएकी हुन्। 

नेपालले आईएमएफसँग विस्तारित कर्जा सुविधा (ईसीएफ)अन्तर्गत करिब २८३.९ मिलियन डलर ऋण लिने सम्झौता भएको थियो। नेपालले यो ऋण किस्ताकिस्तामा प्राप्त गर्नेछ।

ईसीएफ सहयोगमा नेपालले आर्थिक सुधार गर्दै गएको आईएमएफका अधिकारीले बताएका छन्। नेपालले गत आर्थिक वर्षमा राजस्व संकलन, बाल विकास कार्यक्रमबाहेक सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनमा सुधार, सार्वजनिक संस्थाको वित्तीय विवरणमा सुधार गरेको उल्लेख गरेको छ। 

नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकको ऋणसम्बन्धी अडिट प्रक्रिया रद्द गरे पनि उक्त प्रक्रियाप्रति प्रतिबद्धता जनाएको उल्लेख गरेको छ। गत असोजमा आएको बाढीले नेपालमा आन्तरिक मागमा कमी ल्याएको, महँगी बढेर ६.१ प्रतिशतसम्म पुगे पनि बाह्य क्षेत्र विप्रेषण आप्रवाहमा राम्रो रहेको विश्लेषण गरेको छ। 

आईएमफएले नेपालमा माघबाट आयात र वस्तु खपत बढ्दै जाने, बाढीले क्षति बनाएका सडक सुधारले ढुवानीमा सहज हुँदा महँगी नियन्त्रण हुने उल्लेख छ। नेपालमा बैंकिङ क्षेत्र समयमा नउठ्ने ऋण र सहकारी क्षेत्रमा आएको समस्या चिन्ताजनक रहेको उसको ठम्याइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad