स्थानीय तहको निर्वाचनमा पराजय भएपछि सर्लाहीको हरिवन नगरपालिका १ र २ का २१ जना एमाले नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।
एमालेको तर्फबाट हरिवन १ का वडाध्यक्षका उम्मेदवार रामबहादुर क्याप्छाकी र वडा नम्बर २ का वडाध्यक्षका उम्मेदवार अर्जुन महतो कुशवाहासहित २१ जना नेता कार्यकर्ताले पार्टी छाडेका हुन्। क्याप्छाकी र महतो निवर्तमान वडाध्यक्षसमेत हुन्।
यसपटकको निर्वाचनमा उनीहरु दुबै आआफ्नो वडामा पराजित भएका थिए। दुबै वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन्।
चुनावमा अन्तर्घात हुँदा आफूहरु पराजित बन्नुपरेको आरोप लगाउँदै उनीहरुले शुक्रबार सामूहिक विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। अब आफूहरु स्वतन्त्र भएर बस्ने उनीहरुको भनाई छ।
जेठ १४, २०७९, शनिबार
33
Shares
प्रतिक्रिया