नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा सत्तागठबन्धनको नेतृत्वकर्ता कांग्रेस ठूलो दल बनेको छ। ०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो दल बनेको नेकपा एमाले यसपल्ट दोस्रो स्थानमा झरेको छ।
प्रदेशका ९ जिल्लाका ८८ स्थानीय तहमध्ये ८६ मा पालिकाको मतगणना सम्पन्न भएको छ। अछामको साँफेबगर नगरपालिकाको मतगणना जारी रहेको छ भने बाजुराको बुढीगंगा नगरपालिकामा विवादले निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन।
नेपाली कांग्रेसले प्रदेशका ३९ पालिकामा प्रमुख जितेको छ। कांग्रेसले कञ्चनपुरमा ५, कैलालीमा ३, डडेल्धुरामा ५, बैतडीमा ४, डोटीमा ७, बझाङ्गमा ६, बाजुरामा ३ र अछाममा ६ पालिका प्रमुख जितेको छ।
दार्चुलामा नेपाली कांग्रेस ‘क्लिन स्वीप’ भएको छ। ०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले ३८ स्थानीय तहको प्रमुख जितेको थियो।
दोस्रो दल बनेको नेकपा एमाले यसपटक २५ पालिका प्रमुखमा खुम्चिएको छ। उसले ०७४ सालको स्थानीय तह निर्वाचनमा ३९ पालिका प्रमुख जितेर पहिलो दल बनेको थियो।
यसपटक एमालेले सुदूरपश्चिममा १४ पालिका गुमाएको छ। एमालेले कञ्चनपुरमा ३, कैलाली २, बैतडी ४, दार्चुला ५, डोटी १, बझाङ ३, बाजुरा ५, र अछाममा २ पालिका प्रमुख जितेको छ। एमाले डडेल्धुरामा ‘क्लिन स्वीप’ भएको छ।
यस्तै, माओवादी केन्द्र तेस्रो शक्तिमा यथावत् छ। सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा सत्तारुढ दलहरुले चुनावी तालमेल गरेर चुनावमा सहभागी भएका थिए।
माओवादीले यसपटक ०७४ भन्दा बढी ठाउँमा प्रमुख जितेको छ। उसले कञ्चनपुरमा १, डडेल्धुरा २, कैलाली २, बैतडी १, दार्चुला ४, डोटी १, बझाङ २ र अछाममा १ गरी १४ पालिका प्रमुख जितेको छ।
बाजुरामा माओवादीले खाता खोल्न सकेको छैन। त्यहाँको बुढीगंगा नगरपालिकामा मात्रै मतगणना गर्न बाँकी छ।
तीन महिना अगाडि खुलेको सांसद रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी चौथो स्थानमा छ। नागरिक उन्मुक्ति पार्टीले कैलालीका ४ पालिकामा प्रमुख जितेको छ।
यस्तै, १४ सांसदसहित सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एकीकृत समाजवादी पुछारमा परेको छ। सत्तारुढ गठबन्धनमा रहेको समाजवादीले प्रदेशभर २ ठाउँमा मात्रै प्रमुखमा जित निकाल्न सफल भएको छ।
यस्तै, प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशी विजयी भएका छन्।
उपप्रमुख : कांग्रेस ४५, एमाले २४
नेपाली कांग्रेसले मतपरिणाम सार्वजनिक भएका ८६ स्थानीय तहमध्ये ४५ पालिकाको उपाध्यक्ष जितेको छ। कांग्रेसले कञ्चनपुरमा ७, डडेल्धुरामा ५, बैतडीमा ५, दार्चुलामा ४, डोटीमा ८, बझाङ्गमा ४, बाजुरामा ३ र अछाममा ४ पालिकाको उपप्रमुख जितेको छ।
यस्तै नेकपा एमालेले २४ स्थानीय तहमा उपप्रमुख जितेको छ। कञ्चनपुरमा २, कैलालीमा ३, बैतडीमा ४, दार्चुलामा ३, डोटीमा १, बझाङ्गमा ३, बाजुरामा ४ र अछाममा ४ स्थानीय तह उपप्रमुखमा एमालेले बाजी मारेको हो।
नेकपा माओवादी केन्द्रले कैलालीमा २, डडेल्धुरामा २, बैतडीमा १, दार्चुलामा २, बझाङ ३, अछाममा १ गरी ११ पालिकाको उपप्रमुखमा जित हासिल गरेको छ।
नागरिक उन्मुक्ति पार्टीले कैलालीका ३ पालिकामा उपप्रमुख जित्दा नेकपा एकीकृत समाजवादीले बझाङका २ पालिकामा उपप्रमुख जितेको छ। यस्तै, बाजुराको बुढीनन्दा नगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन्।
प्रमुख कस्ले कहाँ जिते ?
नेपाली कांग्रेस
१) भीमदत्त नगरपालिका, कञ्चनपुर
२) कृष्णपुर नगरपालिका, कञ्चनपुर
३) पुनर्वास नगरपालिका, कञ्चनपुर
४) बेलडाँडी गाउँपालिका, कञ्चनपुर
५) बेदकोट नगरपालिका, कञ्चनपुर
६) कैलारी गाउँपालिका, कैलाली
७) गोदावरी नगरपालिका, कैलाली
८) लम्कीचुहा नगरपालिका, कैलाली
९) अमरगढी नगरपालिका, डडेल्धुरा
१०) परशुराम नगरपालिका, डडेल्धुरा
११) गन्यापधुरा गाउँपालिका, डडेल्धुरा
१२) नवदुर्गा गाउँपालिका, डडेल्धुरा
१३) भागेश्वर गाउँपालिका, डडेल्धुरा
१४) पाटन नगरपालिका, बैतडी
१५) पुर्चौडी नगरपालिका, बैतडी
१६) शिवनाथ गाउँपालिका, बैतडी
१७) सिगास गाउँपालिका, बैतडी
१८) आदर्श गाउँपालिका, डोटी
१९) केआई सिंह गाउँपालिका, डोटी
२०) दिपायल सिलगढी नगरपालिका, डोटी
२१) पूर्वीचौकी गाउँपालिका, डोटी
२२) बडीकेदार गाउँपालिका, डोटी
२३) शिखर नगरपालिका, डोटी
२४) सायल गाउँपालिका, डोटी
२५) खप्तडछान्ना गाउँपालिका, बझाङ्ग
२६) जयपृथ्वी नगरपालिका, बझाङ्ग
२७) बुंगल नगरपालिका, बझाङ्ग
२८) मष्टा गाउँपालिका, बझाङ्ग
२९) वित्थडचिर गाउँपालिका, बझाङ्ग
३०) सूर्मा गाउँपालिका, बझाङ्ग
३१) त्रिवेणी नगरपालिका, बाजुरा
३२) स्वामीकार्तिक खापर गाउँपालिका, बाजुरा
३३) हिमाली गाउँपालिका, बझाङ्ग
३४) कमलबजार नगरपालिका, अछाम
३५) चौरपाटी गाउँपालिका, अछाम
३६) ढकारी गाउँपालिका, अछाम
३७) पञ्चदेवल विनायक नगरपालिका, अछाम
३८) रामारोशन गाउँपालिका, अछाम
३९) बान्नीगढी जयगढ गाउँपालिका, अछाम
नेकपा एमाले
१) दोधाराचाँदनी नगरपालिका, कञ्चनपुर
२) लालझाडी गाउँपालिका, कञ्चनपुर
३) शुक्लाफाँटा नगरपालिका, कञ्चनपुर
४) चुरे गाउँपालिका, कैलाली
५) बर्दगोरिया गाउँपालिका, कैलाली
६) दशरथचन्द नगरपालिका, बैतडी
७) दोगडाकेदार गाउँपालिका, बैतडी
८) पञ्चेश्वर गाउँपालिका, बैतडी
९) सुर्नया गाउँपालिका, बैतडी
१०) शैल्यशिखर नगरपालिका, दार्चुला
११) महाकाली नगरपालिका, दार्चुला
१२) दुहुँ गाउँपालिका, दार्चुला
१३) व्याँस गाउँपालिका, दार्चुला
१४) मालिकार्जुन गाउँपालिका, दार्चुला
१५) जोरायल गाउँपालिका, डोटी
१६) साइपाल गाउँपालिका, बझाङ्ग
१७) तलकोट गाउँपालिका, बझाङ्ग
१८) थलारा गाउँपालिका, बझाङ्ग
१९) गौमुल गाउँपालिका, बाजुरा
२०) खप्तड छेडेदह गाउँपालिका, बाजुरा
२१) जगन्नाथ गाउँपालिका, बाजुरा
२२) बडिमालिका नगरपालिका, बाजुरा
२३) बुढीनन्दा नगरपालिका, बाजुरा
२४) तुर्माखाँद गाउँपालिका, अछाम
२५) मंगलसेन नगरपालिका, अछाम
नेकपा माओवादी केन्द्र
१) बेलौरी नगरपालिका, कञ्चनपुर
२) गौरीगंगा नगरपालिका, कैलाली
३) माहेन्याल गाउँपालिका, कैलाली
४) अजयमेरु गाउँपालिका, डडेल्धुरा
५) आलीताल गाउँपालिका, डडेल्धुरा
६) मेलौली नगरपालिका, बैतडी
७) अपिहिमाल गाउँपालिका, दार्चुला
८) नौगाड गाउँपालिका, दार्चुला
९) मार्मा गाउँपालिका, दार्चुला
१०) लेकम गाउँपालिकाा, दार्चुला
११) बोगटान फुड्सिल गाउँपालिका, डोटी
१२) छबिस पाथीभेरा गाउँपालिका, बझाङ्ग
१३) दुर्गाथली गाउँपालिका, बझाङ्ग
१४) मेल्लेख गाउँपालिका, अछाम
नागरिक उन्मुक्ति पार्टी
१) जानकी गाउँपालिका, कैलाली
२) जोशीपुर गाउँपालिका, कैलाली
३) टीकापुर नगरपालिका, कैलाली
४) भजनी नगरपालिका, कैलाली
नेकपा एकीकृत समाजवादी
१) घोडाघोडी नगरपालिका, कैलाली
२) केदारस्युँ गाउँपालिका, बझाङ्ग
स्वतन्त्र
१) धनगढी उपमहानगरपालिका, कैलाली
२) डिलाशैनी गाउँपालिका, बैतडी
Shares

प्रतिक्रिया