बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को एउटा मतपेटिका शिल तोडिएको अवस्थामा भेटिएपछि विवाद भएको छ।
लुम्बिनी वाणिज्य क्याम्पस केन्द्र (च) २ नं. मत पेटिकाको एउटा शिल खोलिएको भेटिएको हो।
यो मतपेटिका सँगै स्वस्तिक छाप पनि भेटिएपछि मतगणना अहिले त्यहाँ मतपेटिका रोकिएको छ।
उपमहानगरका अन्य वडाहरू ८ , ९ र १० मा मतगणना जारी रहेको छ।
बुटवलमा नेपाली कांग्रेसले मेयरमा अग्रता बनाइरहेको छ। उपमेयरमा एमाले अगाडि छ।
वडा नम्बर ११ नगरपालिका सबैभन्दा धेरै मतदाता भएको ठाउँ हो। विवादपछि सर्वदलीय बैठक राख्ने तयारी भएको छ।
— Nepalkhabar (@Nepalkhabar24) May 19, 2022बुटवल ११ : सिल तोडिएको मतपेटिका भेटिएपछि मतगणना स्थगित pic.twitter.com/SMArrN0KPw
243
Shares

प्रतिक्रिया