ad ad

निर्वाचन विशेष


केपी-प्रचण्ड सँगै हुँदा नेकपाले जितेको पिपरामा जसपा विजयी, निवर्तमान अध्यक्ष तेस्रो नम्बरमा

केपी-प्रचण्ड सँगै हुँदा नेकपाले जितेको पिपरामा जसपा विजयी, निवर्तमान अध्यक्ष तेस्रो नम्बरमा

नेपालखबर
जेठ ५, २०७९ बिहिबार ८:६, काठमाडौँ

उपनिर्वाचनमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जितेको महोत्तरीको पिपरा गाउँपालिका जनता समाजवादी पार्टी विजयी भएको छ। 
 

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नै जसपाले जितेको हो।  

अध्यक्षमा जसपाका रामजानकी यादव ५ हजार ५८२ मत ल्याएर विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अमितकुमार पाण्डेयले २ हजार ९७७ मत पाएका छन्। 

निवर्तमान पालिका अध्यक्ष नेकपा एमालेका उम्मेदवार विक्रम चौधरी २ हजार ५४७ मत ल्याएर तेश्रो नम्बरमा सिमित भए।  

यस्तै उपाध्यक्षमा जसपाकै बन्दना पाण्डेय विजयी भएकी छन्। उनले ५ हजार ४० मत ल्याएर विजयी भएकी हुन् । उनका निकटम प्रतिद्वन्द्वी रविता कुमारीले २ हजार ६२३ मत पाएकी छन्। 

२०७४ मा भएको निर्वाचनमा यो पालिकामा तत्कालिन राष्ट्रिय जनता पार्टीले अध्यक्ष उपाध्यक्ष जितेको थियो। 

झण्डै २ वर्षपछि निर्वाचित अध्यक्ष विनोद चौधरीको अल्पायुमै निधन भएपछि २०७६ मा पालिका अध्यक्षको लागि निर्वाचन भएको थियो। 

जसमा केपी शर्मा ओली र प्रचण्डले नेतृत्व गरेको तत्कालिन नेकपाबाट विक्रम चौधरी निर्वाचित भएका थिए। 

पार्टी विभाजन पश्चात उनी नेकपा एमालेमा लागेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .