धनुषाको कमला नगरपालिकामा मेयर उपमेयर नेपाली कांग्रेससले जितेको छ।
कांग्रेसका मेयर पदका उम्मेदवार विशेश्वर यादव निकटतम प्रतिद्वन्द्वीभन्दा ४ सय ७६ मतले निर्वाचित भएका हुन्।
विशेश्वरले ३ हजार २ सय ५७ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी पशुपति यादवले २७ सय ७१ मत प्राप्त गरे।
त्यस्तै उपमेयरमा कांग्रेसकी शिलादेवी मण्डल ३३१० ले निर्वाचित भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी जसपा नेपालकी पुनिता कुमारीले २६४६ मत ल्याएकी छन्।
69
Shares
प्रतिक्रिया