स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरको उपप्रमुखका लागि नेकपा एमालेले चुनावी प्रतिष्पर्धामा उतारेकी उम्मेदवार सुनिता डंगोल ८ हजार मतले अग्रस्थानमा छन्।
३० हजार ९८१ मत गणनाको परिणामअनुसार उनी ११ हजार ६ सय ९४ मतका साथ पहिलो स्थानमा छन्। डंगोललाई सत्ता गठबन्धनका साझा उम्मेदवार रामेश्वर श्रेष्ठ ३ हजार ४४२ मतका साथ पछ्याइरहेका छन्।
काठमाडौा महानगर उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ हजार ५०९ र स्वतन्त्र उम्मेदवार लौरोले २ हजार ५०९ मत पाएका छन्।
महानगर प्रमुखतर्फ स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अग्रता झन्झन् बढ्दै गएको छ। उनले ११ हजार ७९२ मत पाएका छन्।
एमाले उम्मेदवार केशव स्थापितले ६ हजार ४७६ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले ५ हजार ६७४ मत पाएका छन्।
काठमाडौँमा ३ लाख २४२ कुल मतदातामध्ये १ लाख ९१ हजार १८६ मत खसेको थियो। काठमाडौँमा अहिले ३, ४, ५, ६, ३०, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ। वडा नम्बर १ र २ को मतगणना सम्पन्न भइसकेको छ।
काठमाडौँ–१ मा एमालेका भरतलाल श्रेष्ठ र २ मा एमालेकै राजेन्द्रकुमार श्रेष्ठ वडाध्यक्षमा विजयी भइसकेका छन्।
Shares

प्रतिक्रिया