निर्वाचन विशेष


उपप्रमुखका उम्मेदवार धेरै हुँदा लुम्बिनी सांस्कृतिकको मतपत्र आएन, छुट्टै छापिएर आउने

उपप्रमुखका उम्मेदवार धेरै हुँदा लुम्बिनी सांस्कृतिकको मतपत्र आएन, छुट्टै छापिएर आउने

सुदीप भण्डारी
बैशाख १९, २०७९ सोमबार २१:१५, बुटवल

स्थानीय तहको निर्वाचनको लागि रुपन्देहीमा १५ पालिकाको मतपत्र आएको छ।

निर्वाचन आयोगबाट ६ लाख ८३ हजार मतपत्र आएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

आज जिल्लाका १५ पालिकाको मतपत्र आएको र लुम्बिनी सांस्कृतिक नगरपालिकाको मतपत्र पछि आउने रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्या भण्डारीले जानकारी दिए।

उपप्रमुखका स्वतन्त्र उम्मेदवार धेरै भएकाले लुम्बिनी सांस्कृतिकको मतपत्रमा अरु पालिकाको भन्दा बढी चिह्न राख्नुपर्ने हुन्छ।

रुपन्देहीको लागि पठाइएको मत पत्रमा दलगत चुनाव चिह्नका ३८ लहर र स्वतन्त्रको लागि ८ वटा लहर रहेको छ। अरु पालिकामा उपप्रमुखमा स्वतन्त्र उम्मेदवार बढीमा ८ छन्।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा ११ जना रहेका छन्। दलगत उम्मेदवार पनि ११ जना नै रहेका छन्।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको मतपत्रमा स्वतन्त्र उम्मेदवारको ११ लहरको चिह्न राखेर आउने भण्डारीले बताए।

नगरप्रमुख पदमा भने ४ जना मात्र स्वतन्त्र उम्मेदवार रहेका छन्। दलगत उम्मेदवार १३ जना छन्।

लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीको सबैभन्दा बढी उम्मेदवार भएको पालिका हो। यहाँ कूल ५ सय ८३ उम्मेदवार कायम रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .