ad ad

निर्वाचन विशेष


कांग्रेस गण्डकी कार्यालय तोडफोड, २३ जना प्रहरीको नियन्त्रणमा

कांग्रेस गण्डकी कार्यालय तोडफोड, २३ जना प्रहरीको नियन्त्रणमा

वाशुदेव मिश्र
बैशाख १५, २०७९ बिहिबार १७:४२, पाेखरा

पोखराका विभिन्न वडाको नेतृत्व छाडेको भन्दै असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताहरूले पार्टीको प्रदेश कार्यालय तोडफोड गरेका छन्।

गठबन्धनको पत्रकार सम्मेलनमा नाराबाजी गरेका कार्यकर्ताहरु पत्रकार सम्मेलन सकिएलगत्तै प्रदेश कार्यालय पुगेर तोडफोड गरेका हुन्। तोडफोडबाट प्रदेश कार्यालयमा क्षति पुगेको छ।

कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीका अनुसार तोडफोडमा संलग्न २३ जनालाई पक्राउ गरिएको छ। क्षतिको विवरण आउन बाँकी भएको उनले जनाए।

माओवादी केन्द्रले पोखराका ३३ वटै वडामा कांग्रेसले एकलौटी उम्मेदवार उठाएको र आफूले भाग नपाएको भन्दै विरोध जनाएपछि गठबन्धनले माओवादीलाई पनि केही वडाको नेतृत्व दिने सहमति गर्न लागेको भन्दै कांग्रेस कार्यकर्ता विरोधमा उत्रिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .