निर्वाचन विशेष


स्थानीय निर्वाचनका उम्मेदवार: कांग्रेसबाट रुपन्देहीका ४ नगरमा पुरानै अनुहार

तिलोत्तमामा गृहमन्त्रीका भाइ
स्थानीय निर्वाचनका उम्मेदवार: कांग्रेसबाट रुपन्देहीका ४ नगरमा पुरानै अनुहार

बायाँबाट क्रमशः खेलराज पाण्डे, रामकृष्ण खाँण, फणिन्द्र शर्मा र हिरा केसी।


सुदीप भण्डारी
बैशाख १२, २०७९ सोमबार ८:३९, बुटवल

बुटवलमा नेपाली कांग्रेसबाट खेलराज पाण्डे मेयरको उम्मेदवार बनेका छन्। 

तेस्रो कार्यकालमा उपमहानगरको सभापति रहेका पाण्डे दोस्रोपटक मेयरको प्रत्यासी बनेका हुन्।

उपमहानगर समितिले केही दिनअघि उनको मात्र नाम सिफारिस गरेको थियो। जसप्रति असन्तुष्टि देखिएको भए पनि उनी मेयरको उम्मेदवार बन्दै एमालेका बाबुराम भटराईसँग भिड्ने भएका हुन्। 

तिलोत्तमा नगरपालिकाको मेयरमा रामकृष्ण खाँणले प्रतिस्पर्धा गर्ने भएका छन्। उनी पनि अघिल्लो चुनावमा मेयरको प्रत्यासी थिए।

कांग्रेस रुपन्देहीका जिल्ला सभापतिसमेत रहेका खाँण गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन्। 

सैनामैना नगरपालिकामा पुरानै प्रत्यासी फणिन्द्र शर्मा दोहोरिएका छन्। उनी पूर्व जिल्ला उपसभापति हुन्।

देवदहमा वर्तमान मेयर हिरा केसीले पुनः टिकट पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .