निर्वाचन विशेष


विराटनगर महानगरमा एमालेका प्रमुख र उपप्रमुख उम्मेदवार

विराटनगर महानगरमा एमालेका प्रमुख र उपप्रमुख उम्मेदवार

सुमन पुरी
बैशाख १२, २०७९ सोमबार ७:५२, विराटनगर

नेकपा एमालेले विराटनगर महानगरको मेयरको उम्मेदवार सागर थापालाई बनाउने निर्णय गरेको छ।

एमाले विराटनगर महानगरका अध्यक्षसमेत रहेका थापालाई प्रमुख पदमा उठाउने निर्णय भएको एमाले नेता हिक्मत कार्कीले बताए। 

यस्तै उपप्रमुखमा भने शिल्पा निरौला कार्कीलाई उम्मेदवार बनाउने निर्णय एमालले गरेको छ। उनी एमाले नगर समितिका उपाध्यक्ष हुन्। 

एमाले १ नम्बर प्रदेश कमिटीले थापाको नाम एक नम्बरमा राखेर केन्द्रीय सदस्य जीवन घिमिरेको नामसमेत सुझावका रूपमा थप्दै केन्द्रीय कमिटीमा सिफारिस गरेको एमालेमा महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवारको निर्णय केन्द्रीय कमिटीले गर्ने अधिकार थियो।

‘भुइँमान्छे’ उम्मेदवार 
एमालेबाट महानगरको मेयरको उम्मेदवारका रूपमा अघि सारिएको थापालाई धेरैले भुइँमान्छेका रुपमा चिन्ने गर्छन्। उनको तल्लो तहका नागरिक र कार्यकर्तासँग उठबस र घुलमिल भएका कारण थापाको परिचय भुँइमान्छेका रूपमा बनेको हो। उनी २०३३ सालमा जन्मिएका हुन्।  

२०४६ सालको जनआन्दोलनबाट राजनीतिमा लागेका थापा महेन्द्र मोरङको क्याम्पसको राजनीतिबाट भने चर्चामा आए। उनी २०५७ साल र ६२ सालसम्म त्यहाँ स्ववीयु सभापति भए। उनले दुई कार्यकाल सभापति पद जिते। 

नेकपा एमाले महानगर कमिटी इन्चार्ज हुँदै संयोजक र अध्यक्ष हुँदै उनी  १२ वर्षदेखि  विराटनगर महानगरको नेतृत्व गरिरहेको छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .