कारोबार


सुदूरपश्चिममा पनि सांसदलाई बजेट, हरेक निर्वाचन क्षेत्रमा ३ करोड

सुदूरपश्चिममा पनि सांसदलाई बजेट, हरेक निर्वाचन क्षेत्रमा ३ करोड

नेपालखबर
असार १, २०८० शुक्रबार १७:२९, कञ्चनपुर

सुदूरपश्चिम सरकारले प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याएको छ।

निर्वाचन क्षेत्रका जनताको माग र आवश्यकता बमोजिम गुणस्तरीय भौतिक, पूर्वाधार विकास निर्माणका लागि यो कार्यक्रम ल्याइएको आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले बजेट भाषणका क्रममा उल्लेख गरे।

उनका अनुसार यो कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका लागि ३ करोड बजेट विनियोजन गरिएको छ।

सडक पूर्वाधारमा न्यूनतम् ५० लाख र अन्य पूर्वाधारमा २५ लाख गरेर प्रत्येक निर्वाचन क्षेत्रका लागि ३-३ करोड छुट्याइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad