भारततर्फ लैजाँदै गरेको ८९ किलो गाँजासहित चार जना पक्राउ पक्राउ परेका छन्। प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २५ ड्राइपोर्ट बहुअरीस्थित सडकमा चेकजाँचको क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।
बिहानै ६ः१० बजेको समयमा भारतीय नम्बरप्लेटको बीआर२८जी २७७० नम्बरको बोलेरो जाँच गर्दा लुकाइराखेको अवस्थामा गाँजा फेला परेको थियो। प्रहरीका अनुसार गाडीको तल फल्स बटम बनाई गाँजा भारततर्फ लैजाँदै गर्दा चार जना भारतीय पनि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारीका नुर महमद हुसेन, असलम आलम साइन, इर्साद साइन र सुनिल साह रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया