कारोबार


सप्तरीको नेपाल बैंकमा चोरी, निदाएका सुरक्षा गार्डको हतियार पनि चोरले लगे

सप्तरीको नेपाल बैंकमा चोरी, निदाएका सुरक्षा गार्डको हतियार पनि चोरले लगे

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १२:२२, काठमाडौँ

सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरमा रहेको नेपाल बैंकमा चोरी भएको छ। 

गएराति १२ः२० बजेदेखि बिहान ३ बजेको बिचमा चोरी भएको सप्तरी प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्र कुमार बस्नेतले बताए।

बैंकका सुरक्षा गार्ड शम्भुनाथ नगरपालिका ७ भगाहाका ३९ वर्षीय प्रमोद चौधरी र कन्चनरुप नगरपालिका ५ का ४४ वर्षीय पर्शुराम चौधरी सोही बैंकको गार्ड सुत्ने कोठामा सुति रहेको बेला चोरी भएको बस्नेतले जानकारी दिएका छन्।

गार्डकै कोठाको दराजमा रहेको एक नाले १२ बोरको बन्दुक, यसको २० राउण्ड गोलि, २ वटामोवाइल र डिजिटल तराजु र एउटा झोला समेत चोरी भएको छ। पछि थाहा पाएर सुरक्षा गार्डले नै साढे ३ बजे इलाका प्रहरी कार्यालयमा जानकारी गराएका थिए। 

सो क्रममा रकम भने चोरी नभएको डीएसपी बस्नेतले जानकारी दिए। उनका अनुसार पक्राउ परेका व्यक्तिले आफूलाई अर्कै व्यक्तिले गार्डको हतियार चोरेर ल्याउन लगाएको प्रारम्भिक सोधपुछका क्रममा बताएका छन्। त्यसका लागि पैसा दिने आश्वासन समेत पाएको ती व्यक्तिको भनाइ उल्लेख गर्दै प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली तत्काल खटिएको थियो। 

यस्तै प्रहरी सञ्चार सेटबाट चोरी भएका घटना विवरणका टिपोर्ट जिल्ला प्रहरी कार्यालय सप्तरी, सिराहा लगायतका जिल्लामा पनि सर्कुलर गरिएको थियो। चोरीमा संलग्न व्यक्तिको सीसीटीभी फुटेज पनि प्रहरीले पठाएको थियो। 

चोरीमा संलग्न रहेको आशंकामा सिरहाको लहान नगरपालिका ३ हस्पिटल चोक नजिकबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

३ः४५ बजे इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा खडक नगरपालिका ६ बिरपुर बस्ने २० वर्षका अपसाद अंसारीलाई पक्राउ गरेको थियो। 

उनको साथबाट प्रहरीले विभिन्न सामान पनि बरामद गरेको बस्नेतले बताए। 

उनलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको थियो। अहिले उनलाई बरामद सामानसहित कल्याणपुर लगिएको छ। 

उनको साथबाट चोरी भएका हतियार र गोलि पनि बरामद गरेको छ। कम्प्युटर स्क्यानर २ थान, ल्यापटप २ थान, खुकुरी २ थान, घडी २ थान, मोबाइल ५ थान, डिजिटल तराजु पनि बरामद भएको छ। उनले चोरेको हतियार भने बैंकबाट ५ सय मिटर पश्चिमतिर झाडीमा लुकाएको अवस्थामा बरामद भएको छ। 

अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालउय सप्तरीबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा थप टोली खटाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad