कारोबार


टेलिग्राम एप तत्काल बन्द गर्न प्राधिकरणको निर्देशन

टेलिग्राम एप तत्काल बन्द गर्न प्राधिकरणको निर्देशन

नेपालखबर
साउन २, २०८२ शुक्रबार १८:२०, काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम एप तत्काल बन्द गर्न इन्टरनेट सेवाप्रदायकहरुलाई निर्देशन दिएको छ। 

शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले उक्त निर्देशन दिएको हो। 

उक्त एपमार्फत अनलाइन ठगी र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अपराध बढेकाले एप बन्द गर्न निर्देशन दिनुपरेको प्राधिकरणले उल्लेख गरेको छ। 

‘टेलिग्राममार्फत अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउन्डरिङजस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकोले उक्त टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवाप्रदायकहरुलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ’, प्राधिकरणले भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad