ad ad

कारोबार


गुगलको मातृकम्पनी अल्फाबेटले १२ हजार रोजगारी कटौती गर्ने

गुगलको मातृकम्पनी अल्फाबेटले १२ हजार रोजगारी कटौती गर्ने

फाइल तस्बिर


नेपालखबर
माघ ९, २०७९ सोमबार १४:३४, काठमाडौँ

 प्रविधि कम्पनी गुगलको मातृकम्पनी अल्फाबेटले १२ हजार रोजगारी कटौती गर्ने भएको छ ।

गुगल र अल्फाबिटा दुवैका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाइले आन्तरिक इमेलमा रोजगारी कटौतीको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएको बीबीसीले जनाएको छ ।

यो कटौतीले कम्पनीको विश्वव्यापी कार्यबलको छ प्रतिशतलाई असर गर्नेछ । अर्को प्रविधि कम्पनी माइक्रोसफ्टले भर्खरै १० हजार र अमेजनले १८ हजार रोजगारी कटौती गर्ने घोषणा गरेको केही दिनमै गुगलले पनि सोहीखाले योजना सार्वजनिक गरेको हो ।

पिचाइले आफ्नो भूमिकामा रहेर कडा परिश्रम गरेका कर्मचारीहरुलाई धन्यवाद समेत दिएका छन् । उनले कर्मचारीको योगदान अमूल्य रहेको बताए । उनले यसलाई असहज भन्दै रोजगारी गुमाउने कर्मचारीलाई सहयोगको वचन समेत दिएको बताइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .