ad ad

कारोबार


पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारीमा क्लासिक टेक प्रालि

पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारीमा क्लासिक टेक प्रालि

नेपालखबर
पुस ६, २०७९ बुधबार ११:५८, काठमाडौँ

नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालि अब पब्लिक  लिमिटेड  कम्पनीमा जाने अन्तिम  तयारी गरिरहेको छ। 

कम्पनीका अनुसार पब्लिक लिमिटेड कम्पनीमा जानका लागि आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगेको जानकारी दिएको  छ। 

कम्पनी पब्लिक लिमिटेड मा रुपान्तरण भएपछि सर्व साधारण हरुका लागि सेयर (आईपीओ) जारी गर्नेछ। क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी  हो। 

हालसम्म ७४ जिल्लाका  १०६ आउटलेट तथा साखा बाट इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्दै आएको छ। कम्पनीले अन्य विभिन्न स्थानहरूमा आफ्नो सेवा विस्तार गर्ने र उचित मूल्यमा उच्च गतिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। 

यससँगै कम्पनीले नेपालभर रहेका शाखा कार्यालयमा २ हजारभन्दा बढी व्यक्तिलाई प्रतक्ष्य तथा अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .