राजनीति


राष्ट्रपति भण्डारीद्वारा मेलम्ची खानेपानी वितरणको उद्घाटन

राष्ट्रपति भण्डारीद्वारा मेलम्ची खानेपानी वितरणको उद्घाटन

नेपालखबर
चैत २०, २०७७ शुक्रबार ९:७,

राष्ट्रिपति विद्यादेवी भण्डारीले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरेकी छन्।

शुक्रबार भृकुटीभण्डपमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति भण्डारीले ढुंगेधाराको टुटी खोलेर खानेपानी वितरण कार्यको समुद्घाटन गरेकी हुन्।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरु, उच्चपदस्त कर्मचारी लगायत सर्वसाधारणको उपस्थिति रहेको छ।

यही चैत १५ गतेदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्न थालिएको हो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आज (शुक्रबार) बिहान ५ बजेबाट बालाजु पोखरीबाट समेत पानी वितरण थालेको छ।

यसअघि पहिलो चरणमा काठमाडौँका चावहिल, महांकाल, मीनभवन, अनामनगर र खुमलटार लगायतका स्थानमा मेलम्चीको पानी वितरण गरिएको थियो।

केएलकेयूका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले पहिलो चरणमा दैनिक चार करोड लिटर ल्याइएकोमा अहिले दैनिक साढे आठ करोड लिटर पुर्‍याइएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad