कारोबार


तरुण दलको भवन बनाउन सहरी मन्त्रालयबाट ३ करोड विनियोजन, देउवा र सिंहलाई ‘धन्यवाद’

तरुण दलको भवन बनाउन सहरी मन्त्रालयबाट ३ करोड विनियोजन, देउवा र सिंहलाई ‘धन्यवाद’

नेपालखबर
जेठ २४, २०८२ शनिबार १४:२०, काठमाडौँ

सत्ता साझेदार दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको भवन बनाउन सहरी विकास मन्त्रालयले ३ करोड बजेट विनियोजन गरेको छ।

कांग्रेस नेता प्रकाशमान सिंह नेतृत्वमा रहेको मन्त्रालयले ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा ३ करोड बजेट छुट्याएको हो।

तर यो तरुण दलको भवन भएको दलका अध्यक्ष विद्वान गुरुङले बताएका छन्। 

बजेट विनियोजन गरेकामा वक्तव्य जारी गर्दै उनले पार्टीका सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवं सहकारी विकासमन्त्री सिंहलाई धन्यवाद ज्ञापन गरेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad