नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनश्रम कृषि सहकारी संस्थामार्फत उत्पादन गरेको आलु उद्योगपति विनोद चौधरीको सीजी फुड्सले किनेको छ।
नेकपाका महासचिव विप्लवले आफूहरूले उत्पादन गरेको दुई लाख किलो आलु चौधरीलाई बेचेको बताएका छन्।
तुलसीपुरस्थित नेपाल घरेलु तथा साना उद्योग महासंघले सोमबार बेलुकी आयोजना गरेको भेटघाट कार्यक्रममा विप्लवले २ लाख किलो आलु बेचिएको जानकारी दिएका हुन्।
‘आलु त हामीले विनोद चौधरीलाई नै दियौँ’, उनले भने, लगभग दुई लाख किलो आलु हामीले उहाँलाई उपलब्ध गरायौँ।’
त्यसो त आलु बेच्ने विषयमा गत कात्तिक २ गते नै नेकपा र सीजी फुड्सबीच सम्झौता भएको थियो।

पुँजी निर्माणका लागि आफ्नो पार्टीले काठमाडौँसहित देशका विभिन्न तीन स्थानमा साना उद्योग सुरु गरेको जानकारी पनि विप्लवले गराए।
ती सबै नाफामै चलिरहेको दाबी उनको छ।
Shares

प्रतिक्रिया