ad ad

कारोबार


सेयरबजारमा फेरि गिरावट, अर्बको पनि भएन कारोबार

सेयरबजारमा फेरि गिरावट, अर्बको पनि भएन कारोबार

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार १५:६, काठमाडौँ

यो साता लगातारजसो बढिरहेको सेयरबजारमा बिहीबार भने गिरावट आएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १६.१४ अंकले र सेन्सिटिभ सूचक ३.५० अंकले घटेको हो। 

आज कारोबार रकम पनि ह्वात्तै घटेको छ। लगातार दुई दिन झण्डै डेढ अर्बको कारोबार भएको बजारमा आज अर्बको पनि कारोबार हुनसकेन। 

बिहीबार २२० कम्पनीको २७ लाख कित्ता सेयर बिक्री भएको हो। जुन ८९ करोड ८९ लाखको किनबेच हो। 

बजार खुलेदेखि नै आज उतारचढाव आएको थियो। आज निर्जीवन बीमा र जीवन बीमाबाहेक सबै उपसूचक राताम्य रहेका छन्। 

यसअनुसार ५ वटा कम्पनीको सेयर उही मूल्यमा, २७ वटाको बढेर र १५३ वटाको घटेर कारोबार भएको छ। 

आज लगानीकर्ताले ६.५६ प्रतिशतसम्ममात्र आम्दानी गर्दा ४.९४ प्रतिशतसम्म गुमाएका छन्। आज एभरेष्ट बैंकको सर्वाधिक ४ करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .