सेयरबजारमा २३.८३ अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर १८१५.१३ विन्दुमा कायम भएको छ।
सेन्सिटिभ सूचक पनि आज ३.८३ अंकले घटेको छ। बजारमा आज २२८ कम्पनीको ४० लाख कित्ता सेयर बिक्री भएको छ।
यो भनेको १ अर्ब ७ करोडको कारोबार हो। आज सबै उपसूचक राताम्य छन्।
आज १७४ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ वटाको बढेको छ। २ वटाको उही मूल्यमा कारोबार भएको छ।
अभियान लघुवित्तका सेयरधनीले मात्रै कमाएका छन्। गुमाउने लगानीकर्ताले ७.९० प्रतिशतसम्म घाटा व्यहोरेका छन्।
आज लक्ष्मी बैंकको २६ करोडको सेयर किनबेच भएको छ।
असोज ९, २०७९, आइतबार
प्रतिक्रिया