कारोबार


१३ प्रतिशतले आयात घट्दा पनि २ महिनाको व्यापारघाटा २ खर्ब ४४ अर्ब

१३ प्रतिशतले आयात घट्दा पनि २ महिनाको व्यापारघाटा २ खर्ब ४४ अर्ब

नेपालखबर
असोज ९, २०७९ आइतबार १३:४९, काठमाडौँ

चालू आर्थिक वर्षको २ महिनामा वस्तु आयात घटेको छ। 

गत आर्थिक वर्षको तुलनामा यो वर्षको दुई महिनामा १३ दशमलव ०१ प्रतिशतले आयात घटेको हो। 

गत आर्थिक वर्षको साउन र भदौमा वस्तु आयात ३ खर्ब १४ अर्ब रुपैयाँबराबरको भएको थियो। तर चालू आर्थिक वर्षको साउन र भदौमा २ खर्ब ७३ अर्ब रुपैयाँको मात्रै आयात भएको हो। 

चालू आर्थिक वर्षमा गाडीलगायत वस्तुको आयातमा प्रतिबन्ध लगाइएको छ। त्यसको प्रभाव गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको हो। 

उक्त अवधिमा वस्तु निर्यातमा समेत गिरावट आएको छ। गत आर्थिक वर्षको सुरुको दुई महिनामा वस्तु निर्यात ४४ अर्ब रुपैयाँ बराबरको भएकोमा यो वर्षको दुई महिनामा २८ अर्ब रुपैयाँमा मात्रै भएको छ। 

यो दुई महिनामा २ खर्ब ४४ खर्ब ९१ करोड बराबरको व्यापारघाटा देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .